Monday, July 9, 2012

थसेस जापानद्धारा अध्यागमन र दैविप्रकोप सम्बन्धि सेमिनार सम्पन्न

सरद डायरि । आईतबार, अषाढ २४, २०६९
आज पुर्व निर्धारित बमोजिम साबिकै समय र ठुलो समुहका थकालीहरु तथा अन्य नेपालीहरुको उपस्थितिको बिचमा देहाय बमोजिमको कार्यक्रम सम्पन्न गरियो ।
सोचेभन्दा पनि छिटै कार्यक्रम सकिएकोले सहयात्री मित्रहरुसंग नेपाली खाना खान लागियो गन्तब्य स्थलतिर । तलतिर हेर्नुहोस् सम्पन्न समाचार र केहि झलकहरु...













थसेस जापानद्धारा अध्यागमन र दैविप्रकोप सम्बन्धि सेमिनार सम्पन्न ।
जुलाई ८, २०१२ । टोक्यो, जापान ।
थकाली सेवा समिति जापानद्वारा आयोजित एक दिने सेमिनार ईकेबुकुरो स्थित सेईकाचु सान्ग्यो ल्पाजामा हिजो सफलताका साथ सम्पन्न भएको छ ।
जुलाई ९ तारीख देखि लागु हुने अध्यागमनको नया नियम सम्बन्धितका बिषयमा प्रस्तोता नोजु हारुहितो र प्राकृतिक दैविप्रकोप सम्बन्धिका वक्ता टोकियो एमएक्स टेलिभिजनका समाचार बिश्लेषक जिज्ञानकुमार थापाले अति नै सरल भाषामा बिभिन्न उदाहरण दिदै पावर पोईन्ट र ह्वाईटबोर्डमा लिखित एवं बुदाग रुपमा अबगत गराउनु भएको थियो ।
पहिलो चरणमा जापानी बिज्ञ नोजु हारुहितोले अध्यागमनको नया नियम सम्बन्धि प्रिजेन्टेशन गर्नु हुदै, बर्तमान चल्तिमा रहेको बिदेशी नागरिकको लागि एलिएन रजिष्ट्रेशनको कार्डको सट्टामा नया नियम अनुसार आवासीय कार्ड बितरण हुने कुरा बताउनुभयो । उत्त आवासिय कार्ड नब आगन्तुक पर्यटक बाहेकका बिशेष उदेश्य अनुसार जापानको प्रवेषाज्ञा अनुमति प्राप्त गर्ने बिदेशीहरुलाई नारिता, कान्साई, हानेडा र च्युबुको बिमानस्थलबाट प्रवेश गर्ने बेलामा बितरण गरिने प्रावधान रहेको बताउनुभयो ।
जापान भित्रै रहेका बिदेशीहरुको हकमा भने, भिषा परिवर्तन गर्ने बेलामा वा आफ्नो सो ईच्छा वा अनुकुलको दिनमा अध्यागमन बिभागमा निवेदन दिएमा उत्त कार्ड जारि गरिने नियम रहेको बताईएको छ, यध्यपि जुलाई ८, २०१५ को अन्तिम मिति सम्ममा भने जापानबासि सबै बिदेशीहरुले आवासीय कार्ड लिईसक्नुपर्ने निति रहेको बताईएको छ ।
पुन प्रवेश अनुमति पत्र (रिईन्ट्रि प्रमिसन) को लागि पनि १ बर्षको लागि अनुमति पत्र नलिईकन अन्यत्र देशमा जति पटक पनि आवत जावत गर्न सकिने ब्यबस्था गरेको छ साथै १ बर्ष भन्दा बढि जापान छोड्नेको लागि भने पुर्व साबिकै अनुमति पत्र लिनुपर्ने हुन्छ साथै भिषाको समय अबधि पनि भिषाको क्याटगरि अनुसार अधिकतम ५ बर्ष पाउन सक्ने सुबिधा स्वरुप संम्सोधन गरिएको जानाकारि गराउनु भएको छ ।
पहिलो पटक बिदेशीहरुको लागि बिशेष किसिमको चिप्स रहित आबासीय कार्डको ब्यबस्था गरिएकोले सम्पुर्ण प्रशासनिक कार्य लगायत अन्य कामकाजको लागि सरल, सुलभ संगै समस्याहरु पनि निम्त्याउन सक्ने बिचार पनि प्रकट गर्नुभयो ।
अन्तमा हलबाट उठाईएको प्रश्नहरुको एकएक गरि उत्तर दिदै थप बिस्तृत जानाकारि र सहयोगको लागि अध्यागमन बिभागको टेलीफोन नंम्वरमा ०३- ५७९६-७२५६ सम्पर्क गर्नहुन वा उल्लेखित http://www.immi-moj.go.jp/index_e.html होमपेजमा बुझ्न हुन पनि अनुरोध गर्नु भयो ।
त्यसैगरि दोस्रो चरणको दैविप्रकोप संम्बन्धि प्रस्तोता जिज्ञानकुमार थापाले जापान धेरै भूकम्प जाने देश मध्ये एक भएकोले पनि यहा बसोबास गर्ने मानिसहरु बिशेष चनाखो हुनुपर्ने बताउनु भयो ।जापानका भुकम्प बिज्ञद्वारा सरकार समक्ष प्रस्तुत कार्यपत्र तथा जापानको प्रमुख पत्रिकामा प्रकाशन भएका कार्यपत्रहरुको अभिलेखको उदाहरण स्लाईडमा देखाउदै टोकियोको राजधानीलाई नै केन्द्रबिन्दु बनाई ४ बर्ष भित्रमा ५० प्रतिशत बढि र आउदो ३० बर्ष भित्र ८३ प्रतिशत बढिमा ९ रेक्टर सम्मको ठुलो भुईचालो जाने संम्भावना रहेको बताउनुभयो ।
यदि उत्त कार्यपत्रले भनेजस्तै भुकम्प आएमा ११ हजार बढि मानिसहरु मृत्यु हुने छन भने, २ लाख भन्दा बढि घाईते हुनेछन । ८ लाख ५० हजारको हाराहारिमा घर ध्वस्थ हुनेछन भने ७० लाख मानिसहरु सेल्टरमा सरण लिनुपर्ने बाध्यता आउनेछ ।
त्यसकारण, जुनै पनि समयमा भुईचालो आउन सक्ने अनुमान सहित सचेत रहेर यदि भुकम्प आईहालेमा नअत्तालिकन जिउको सुरक्षा हुने ठाउमा बस्नुपर्छ भन्नु भयो ।
उहाको प्रस्तोतामा जिउको धनको सुरक्षा गर्ने तरिका, आगो बाट सुरक्षित रहने तरिका, सुचनाको आदानप्रदान गर्ने तरिका लगायत प्रत्येक क्षेत्रमा ब्यबस्थित सुरक्षक्षित स्थलको जानाकारि लिने तरिका आदि कुराहरुको बारेमा पनि स्पष्ट पार्नुभयो । सम्बन्धित बिषयका लिखित कागजातहरु समेत बितरण गर्दै बिगतका केहि उदाहरणहरु सहित भुकम्पलाई कसैले रोक छेक वा कुनै बहुमुल्य चिजले प्रतिबाध गर्न सकिने कुरा होईन । पुर्व तयारी र सुरक्षित रहने आधारभुत कुराको ज्ञान ले सक्दो सानो नोक्सानि सहित बच्ने उपायमात्र गर्न सकिने बताउनुभयो साथै भुकम्पको बारेमा बिशेष किसिमको डकुमेन्ट्रिको प्रस्तुतिले अझै धेरै कुराको जानाकारि गराएको थियो ।
आयोजक संस्थाका सदस्य समि शेरचनद्धारा प्रस्तोताद्धयहरुलाई खादार्पण गरि शुरुआत गरिएको उत्त कार्यक्रमको अतिथिहरुमा एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, उई फर अलका अध्यक्ष सरोज खत्री, युथ क्लब जापानका अध्यक्ष तासी लामा, मगर संघ जापानका अध्यक्ष शैलेन्द्रबिक्रम थापा, नेपाल जापान सांस्कृतिक संघ जापानका अध्यक्ष बिनोद शेरचन, म्याग्देली सञ्जालका बरिष्ठ उपाध्यक्ष महेन्द बानिया लगायतका अतिथिहरु र अन्य नेपालीहरुको उपस्थिति रहेको थियो ।
यस जानाकारीमुलक कार्यक्रममा आयोजकको तर्फबाट हलुका चियापानको ब्यबस्था समेत गर्दै अन्तमा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने उपस्थित महानुभावहरुलाई अध्यक्ष शरदकुमार गौचनले धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।
तससिल बमोजिम प्रकाशीत लिन्क, जापानमा क्रियाशील अनलाईन मेडियाहरुमा जस्ताको तस्तै.......

No comments: