Saturday, January 10, 2015

सिगाकोगेन ईचिनोसे स्किज्यो, नागानोकेन जापान

सरद डायरि । शुक्रबार, पौष २५, २०७१
नयाँ वर्षको आगमन संगै तिन दिने छुट्टिको उपयोग गर्दै तोसिमा सिटिको स्कि एसोसियसनद्धारा आयोजित स्कि टुरमा सबै परिवारलाई सहभागि हुने ब्यबस्था तर्जुमा मिलाए।
निश्चित दिनको किटान समयमै मेरो परिवार संगै हाम्रो ५६ जना जापानी सहभागि सबैको बसमा सामान राख्दै आफ्नो सिटमा बस्यौं । स्कि स्थल जाने र फर्किने सफर मात्र करिवन १२ घण्टाको बस ट्रिप संगै तिन दिने स्कि कार्यतालीका भने निकै कठिन थियो ।
हार्ड समय तालीका अनुसार बिहानको २ घण्टा र दिउसोको २ घण्टाको स्कि कोर्ष अनिवार्य सहभागि हुनुपर्ने र आफ्नो क्षमता अनुसारको कक्षामा सहभागि भई शिक्षकसंग पुरा समय अध्ययन र अभ्यासमा खर्चे ।
बिशेष गरेर यस पटक मेरो आफ्नो स्कि स्थर जाच गर्ने ठुलो परिक्षा थियो, जापान स्कि एसोसिएसनद्धारा लिईने स्किको परिक्षामा राम्रो स्कोर लिएर सफल प्राप्त गर्नु थियो ।
अन्तिम दिनको कक्षा समाप्त संगै जापानको स्कि एसोसिएसनद्धारा मेरो चाँर लेबलको जाच सुरु भयो ।
बिशेष किसिमको पडाहमा ५ जना बढि जाच कर्ता पडाडको फेडमा ३ जना र बिच बिचमा १, १ जना बसी करिवन २०० मिटर ओर्लन लगाईदो रहेछ ।
बिशेष किसिमको पाच टेकनिक लगाएर पडाहको माथी टुप्पोबाट तल ओर्लन लगाई लगाई अनि केहि मौखिक प्रश्नहरु पनि सोधिदो रहेछ । करिवन आधा घण्टाको परिक्षा समापन पश्चात मात्र अन्त भएको जानाकारि दिईयो ।
बेलुका बोलाईएको बिशेष कार्यक्रममा सबैको अगाडि चार लेवलमा हाई स्कोर संगै पास भएकोमा बधाई दिदै मलाई जापान स्कि एसोसिएसनबाट मान्यता प्राप्त प्रमाण-पत्र  टोकन (बाच्चि)  प्राप्त पनि भयो । यस पटकको स्कि टुर फलदायी भएको महशुष गर्दै तलतिर सबै संम्बन्धित फोटोहरु... 
 
 
स्किको चार लेवलको सफलता प्राप्त - प्रमाणपत्र
उतिर्ण भएको चार लेवलको स्कि टोकन (बाच्चि) 
सहभागि नं २७ नेमप्लेट र बान्सोको 
 
 




पहिलो रातको डिनर

मेरो स्कि कक्षाको झलक





 
 
 



 
 

No comments: