Monday, February 2, 2015

雲竜渓谷-Nikko_ICE VALLEY

सरद डायरि । आईतबार, माघ १८, २०७१
म आवद्ध ओ.सि.जे द्धारा आयोजित तोवु निक्को,  उनर्यु आईस् भ्याली नामक (उनर्यु आईस् को बजार) आईस् ट्रेकिङ्ग ईभेन्टमा भाग लिए । जुन नाम अनुसार कै सम्पुर्ण आईसबाट बनेको बजार संगै अत्यन्तै रमणीय तथा छुट्टै संसार, तर मुटु नै कठ्याङ्ग्रिने जाडो, हावाहुरि संग लड्दै भिड्दै र थुप्रै हिमपात, सितलहरलाई पार गर्दै करिवन १५०० मिटर अग्लाई सम्म हिडेर जानुपर्ने अत्यन्तै कठिन स्थान थियो । यो ठाउँ जाडोयामको अति नै चर्चित ट्रेकिङ्ग रुट संगै प्रचलित ठाउ पनि भएकोले होला आवत जावत गर्ने पडाह मनपराउनेहरुको भिड् , लाईन लागेर हिड्नेहरु हुल थियो ।
हामि ५ जना (आण्डि-व्रिट्रेन, आनेट्टे- जर्मन, रिए र माडोका-जापान र म नेपाल) को ग्रुप निश्चित समयमै किटासेन्जुको निक्को एक्सप्रेसमा बिहानै सबेरै भेट भई गन्तब्य तिर प्रस्थान गर्यौं । निक्को स्टेशनबाट ट्याक्सि समातेर पहाडको चढ्नेद्धार (तोजान ईरिगुचि) सम्म अनुरोध गरिएपता पनि धेरै हिमपात र चिप्लने डरले ट्याक्सि पनि तोसोगुन नामक मन्दिर भन्दा अगाडि नजाने जानाकारि दिए । निक्कोको चर्चित मन्दिर तोसोगुन सम्म ट्याक्सिबाट सफर गरि ओर्लिएर ८ घण्टे कठिन पहाड चढ्ने यात्रा शुरु भयो । कहि ठाडै उकालो थियो भने, कहि आँखा नै घुमाउने घुम्ति र कहि एकातिर बाट भन्दा हिड्नै नसकिने सागुरो बाटो त्यस माथी घुडा सम्म आउने हिम श्रीङ्खला पार गर्दै ५ घण्टा बढि लगाएर गन्तब्य स्थलमा दिउसोको ३ बजेतिर पुगियो । गन्तब्य स्थल सम्म पुग्न अति नै धेरै थकाई र अचम्मै कठिन भएता पनि उत्त स्थानको अति नै रमणीय क्षण र छुट्टै संसारको महशुष गर्नपाईएकोले सबै थकाई एकैछिनमा मेटिएको भान भयो । करिवन आढा घण्टा बसेर दिउसोको हलुका लन्च लिएर फेरि पहाड ओर्लिने कार्य शुरु गरियो ।  
जेहोस, उक्लिदा पाँच घण्टा बढि लागेपनि ओर्लिदा भने तिन घण्टा पनि नलागि छोटो बाटो संगै अप्यारो ठाउंमा रपहरु प्रयोग गर्दै छिटै ओर्लिन सफल भयौं । राति अधेरो भईसकेता पनि हाम्रो भाग्यबश हिचहाईक गर्न पनि सफल हुदै दुईवटा गाडिमा बाडिएर हाम्रो  पाच जना ग्रुप सबैलाई निक्को स्टेशनसम्म एकैछिनमा ल्याई ओरालिदिनु भयो, दुईवटा गाडीका उहाहरुलाई कोटि कोटि सलाम्  उत्त क्षणको केहि झलकहरु..
 
 
 

 
 













 
 
 
 


 

 


     



 






No comments: