Monday, March 23, 2015

मन्कि आईल्याण्ड (सारुसिमा, मुजिन्टो)

सरद डायरि । आईतबार, चैत्र ८, २०७१
पुर्व निर्धारित समय र स्थानमा तर्जुमा मिलाईएको सारुजिमा मुजिन्टो अर्थात मोन्कि आईल्याण्ड (मान्छे बसोबास नगर्ने सारुजिमा नामक टापु) मा हाईकिङ्ग तथा घुमघाम गर्ने तय भएको थियो आज ।
भ्रमण समुहमा ब्रिट्रेन मित्र गोर्डन, जापानी महिला मित्र तोमोको, युकि, तामाओ र म गरि हामि पाँच जनाको ग्रुपमा वार्तालाप बमोजिम नै योकोसुका च्युओ नामक स्टेशन नजिक तोकिएको निश्चत स्थानमै सबै भेट भएर लाग्यौं । करिवन १ घण्टाको अन्तरालमा विहानै देखी बेलुकाको सम्म टापुमा जानको लागि २०० जना अटाउने फ्यरि ओहोर डोहोर गर्दो रहेछ । फ्यरिको टिकटको लागि पनि निकै लामो लाईन हुने भएता पनि हाम्रो टाईमिङ्गमा भने, हामि लाईन बिना नै किन्न पाईयो, प्रति ब्यक्ति १३०० यनको टिकटले करिवन ३० मिनेट जान र फर्कन पाईने सहुलियत रहेछ भने त्यहि टिकटले उत्त टापु पनि सबै हेर्न, घुम्न पाईदो रहेछ । उत्त टापु जापानकै ईतिहास स्वरुप डेढ, दुई बर्ष पहिले लडाई वा विविध देशको लागि प्रयोजन गरिएको निकै महत्वपुर्ण स्थान रहेछ । टापुमा बिधुत उत्पादन गरिएको न्युक्लियर भट्टि तथा लामो सुरुङ संगै बिभिन्न थरिको बाटो र त्यतिबेलाको केहि झलकहरु अहिले पनि संम्झन र देख्न पाईने स्थानहरु रहेछ । बिहानैको अति नै राम्रो मौसमको कारण टापु र बाहिरको चारैतिर सबै क्षेत्रहरु अति नै राम्रो संग देखीदो रहेछ । सानो टापु भएकोले १ घण्टामा सबै हेर्न, घुम्न भ्याउने भएतापनि हामिहरु भने करिवन ५ घण्टा लगाएर सबै टापु एकएक गरि घुम्यौं,निकै चर्चित ठाउ भएकोले होला,ग्रुप टुर भ्रमण वा वाल्किङ ग्रुप, हाईकिङ्ग ग्रुप , माछा मार्ने वा बल्छि खेल्ने ग्रुप, समुद्रमा पौडि खेल्ने ग्रुप तथा वार्वेक्युको लागि आउने ग्रुप एवं टिभिको सुटिङको लागि आउने नाना थरिका धेरै  मान्छेहरुको घुईचो हुदो रहेछ । तर यो  टापुमा मान्छेहरु बसोबास गर्न नमिल्ने तथा निश्चित समयमै सबैले छोड्नुपर्ने नियम भएकोले होला, ब्यबस्थापन समितिले आउने जाने मान्छेको गन्ति वा वरिपरि जाँचचेक गर्दो रहेछ । जेहोस, दिउसो भ्रमणमा आउनेहरुको लागि सबै खानपिन, वार्वेक्युको आवश्यक सरसामान तथा टापुको गाईड गर्ने सम्पुर्ण ब्यबस्था पनि रहेछ ।
हामिहरु करिवन पाँच घण्टा बढि लगाएर सबै एरिया हाईकिङ्ग गरि हलुका घुमघाम गरियो । दिउसोको करिवन ३ बजेतिर तल ओर्लिएर लन्च खादै आधा घण्टा आराम पनि गरियो । मित्र गोर्डनले ग्याँस संगै सबै आवश्यक सामान लिएर आएका रहेछन् अत आउटडोर खाना पास्टा बनाएर बितरण गर्दै अष्ट्रेलियाको चर्चित वुईस्किसंग कोक् ककेटलको पनि चुस्कि लिदै निकै रमाईलो गफगाफ भयो । सोहि दिन घरमा आफन्तलाई पाउना खान बोलाएको कारण, म भने संगै खाने भनेको डिनरमा संलग्न नभई साँढे चार बजेतिर साथीहरु संग बिदाबाजी गरि घरतिन हानिए, उत्त समयको केहि झलकहरु...






 
















  






 

  




No comments: