Saturday, June 27, 2015

तेस्रो दिन (युरोप भ्रमण) : सेन्जेन

सरद डायरि । शुक्रवार, अषाढ १३, २०७२
सेन्जेन भन्ने शब्द सुन्नु भएको र जानाकारि नै होला । युरोपियन देशको प्रवेशाज्ञा पत्रलाई "सेन्जेन" भनिन्छ । जुन अनुमति पत्रले युरोपको २६ वटा देशमा प्रवेश गर्न पाईन्छ । यस पटकको युरोप भ्रमणमा यहि सेन्जेन नामक प्रवेश अनुमति पत्र (सेन्जेन भिषा) लिएर गएका थियौं । तर वास्तविक कुरा चाहि, लक्जमवर्गबाट करिवन १ घण्टा ड्राईभ गरेर पुगिने गाउको नाम रहेछ "सेन्जेन" नामक गाउ । जुन सेन्जेन नामक गाउमा युरोपको सन्धि गरिएको थलो भएको र त्यस पश्चात युरोपियन कमिटिको निर्माण भएको गाठि कुरो थाहा भयो । सन्धि गर्दाखेरिका कागजात देखी विविध अभिलेख सहित सम्पुर्ण कुराहरु राखीएको ब्यबस्थित म्युजियममा निशुल्क प्रवेश गरि त्यसताका सबै कुराको जानाकारि लिन सकिदो रहेछ । नजिकै बेर्लिन (पुर्व र पश्चिम जर्मन) को पर्खाल (सिमेन्टको) देखी, रुसको पुर्व राष्ट्रपति गोर्भाच्योफ र हालसम्म युरोपियन युनिट भएको देशको तारा आकारमा रंगित संख्या समेत राखीएको रहेछ ।
तलतिर सेन्जेन स्थित केहि झलकहरु......








 




No comments: