Wednesday, July 1, 2015

बेल्जियम, सिन्ट निक्लसको मेयर संगको भेटघाट

सरद डायरि । मंगलवार, अषाढ १५, २०७२
वेल्जियमबासी अग्रज मित्रहरुको प्रगाढ संम्बन्ध, सहकार्य र समन्वयको प्रतिफल स्वरुप हामि बेल्जियम घुमघामको सिलसिलामा, ब्रसेल्स स्थित सिन्ट निक्लस नामक शहरको मेयर संग भेट गर्न पाउने सौभाग्य मिल्यो । 
स्थानिय मित्रहरुको सहयोगमा निश्चित समयमै हामि डेलिकेट्सहरु फर्मल ड्रेस पहिरेर नगपालिका भवनमा पुग्यौं । बिशेष ब्यक्तित्व (मेयरको सेक्रेटरि) को पछि लाग्दै मेयरको बैठक रुम अगाडि पुग्दा मेयर ज्युले हामिलाई पर्खेर बस्नु भएको रहेछ । मेयर अघि अघि र हामि डेलिकेट्स ९ जना पछि लागेर बैठक कोठामा छिर्न आब्हान गरियो । अचम्मको कुरा त मेयर पनि साईकलमै साधारण कर्मचारि जस्तै दिनहु क्रियाकलापमा सहभागि हुनुहुने र कुनै त्यस्तो तामझाम नभई आफुपनि एक साधारण कर्मचारि जस्तै गरि खटिएर कार्य सम्पन्न गर्नुहुने जानाकारि भयो । मेयरले सबैलाई पिउने कुरा सोध्दै कफि र टि को ब्यबस्था संगै आ-आफ्नो परिचय र मनभावना राख्न समय दिईयो । हामिबाट साधारण परिचय सकिए पश्चात उहाले भुकम्प पिडितको लागि सानो नगद रकम सहयोग गरिसकेको र भावि आवश्यक दिर्घकालिन सहयोग तथा पुण निर्माणको लागि पनि सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो, यसै सन्दर्भमा आफ्नी श्रीमति पनि नेपाल र हिमाललाई अति नै मनपराउने, केहि पटक गईसकेकोसमेत अबगत गराउनु भयो । साथै यो आजको भेट शुरुआत मात्र भएको र हामि बिचको सदभाव, सहयोगको भावनाको आदानप्रदानको निरन्तरता र फेरि पनि भेट्न बचन दिनु भयो ।
उहाबाटै नगरपालिका भवन बाहिर संम्झना स्वरुप सामुहिक फोटो पनि लिन अनुरोध गर्दै बाहिर निक्लिएर केेहि स्न्याप पनि लिदै बिदाबाजी गरियो ।  

बिचमा आकासे निलो रंङका टिसर्टवाला मेयर र कालो कोटवाला सेक्रेटरि

 
मेयर संगको भेटघाटको झलक 


No comments: