Sunday, June 28, 2015

पाँचौं दिन (युरोप भ्रमण) : जर्मन, फ्र्यान्कफट

सरद डायरि । आईतबार, अषाढ १५, २०७२
ज्युरिच, स्विजरल्याण्डको भ्रमण पश्चात सोचिएको समय भन्दा निकै ढिला गरि करिवन १० बजेतिर मात्र जर्मनको फ्रयान्कफ्रुटमा पुगियो । 
ज्युरिच बाट फ्र्यान्कफट कार चेन्ज गरेर बसेकोले पनि होला निकै सरल र सुलभ भएको महशुष गर्दै किटान समय भन्दा धेरै ढिला भएकोले पनि होला, डिनर पनि पिज्जा र चिकेन फ्राईड खाएर टारियो । हाम्रा अग्रज तथा एनआरएनका निर्वतमान केन्द्रिय अध्यक्ष र वर्तमान महासचिब ज्युको सयुक्त लगानीमा सञ्चालित नया होटेलमा अति सुलभ र ब्यबस्थित तर्जुमा भएपनि संगैको सहकर्मि रुममेटको राति दोहोरे गाउने अभियानले निन्द्रा पर्नु अघि नै ब्युझिए । 
जेहोस, अग्रजको निर्देशनमा दुई जना स्थानिय एनआरएन मित्रहरुले घुमघामको लागि सहजिरकरण गर्नु भयो । फ्र्यान्कफ्रुटको बिशेष बजार र आईजेर्ना नामक चर्चित पुल संगै डेढ घण्टे पानी जहाज पनि चढेर भ्रमण समाप्त गरियो । 

केहि झलकहरु....




 





























  

  

No comments: