Tuesday, June 30, 2015

आठौं दिन (युरोप भ्रमण) : फ्रान्सको पेरिसमा रमाउदै

सरद डायरि । सोमबार, अषाढ १४, २०७२
आज युरोप भ्रमणको आठौं दिन, निकै थकित हुदै विश्वकै चर्चित आईफल टावरमा चढ्नको लागि आतुर ।
करिवन पौने चार घण्टाको बेल्जियमको अन्तरपल शहरबाट ड्राईभ गर्दै दिनको करिवन एक बजेतिर पेरिस शहरको घुईचो र जात्रा छिचल्दै बयान गरि साध्य नहुने पुराना पुरातात्विक एकैनासे लामबद्ध र बिशेष चोकमा १२,१५ घुम्तेद्धार भएको अति नै रमणिय शहरमा पुगियो । आईफल टावर नजिकको पार्किङ्ग खोज्दाखोज्दै पौने घण्टा खर्चिदै, बलबल एक सिट प्राप्त । कार पार्किङ्ग गर्दै, फेरि वाथरुम जादा लाईन बस्दा आढा घण्टा खर्चियौं । जसोतसो आईफल टावरमा गएर पुन साढे दुईघण्टा दिनको टण्टलापुर्ण घाममा पर्खिएपछि मात्र हाम्रो टावरमाथि चढ्ने पालो आयो ।
माथी पुगेपछि सबै थकाई मेटाए पनि छिटै गन्तव्य तिर फर्कनु पर्ने केहि अन्य ठाउमा घुम्नको लागि ओर्लियौं । टावर वरिपरि कहाकहा हाम्रो नेपालका रत्नपार्क र फुटपाटको याद दिलाउने खालको बातावरण । अफ्रिकन लगायत दक्षिण एसियाका जस्ता देखिने नागरिकहरुले हात र काधमा भिरेका पेरिसका सोभिनियर संगै चिसो पानी र अन्य विविध बस्तुहरुलाई देखाउदै पर्यटकहरुलाई बेच्दै गरेको दृष्य ।
नजिकै एउटा मेला लागेको गेट भित्र छिर्दै गर्दा, भोक लागेको अनुभव गर्दै ईन्डियन र स्पेनको मिक्सिङ्ग  मा बनाईएको सिफुड पाईएरिया र बियर चुस्कै लिदै यकैछिन आराम गरि केहि किनमेल पनि भयो ।  

































No comments: