Monday, August 17, 2015

जापानको आसाओ र माचुगिकावाको हाईकिङ्ग

सरद डायरि । शनिबार, श्रावण ३०, २०७२
निक्कोको आसाओ नामक अनकन्तार र अति नै रमणीय पहाडतिरको हाईकिङ्ग संगै १ रात यतै बस्ने क्याम्पिङ्ग थियो आज । करिवन १५०० सय देखी २००० मिटर अग्लो यासुरिसान (पहाड), ओहिरायामा (पहाड) बाट अति नै चिसो र सफा बग्ने माचुगिकावा नामक खोलाको तिरैतिरबाट करिवन ५ घण्टा अघि बढेपछि, आजनको गन्तब्य स्थलमा पुग्यौं । जहा नजिकै खोला, वरिपरि पहाड नजिकै क्याम्पको लागि चउर संगै जंगल पनि थियो । दिउसै नजिकैको भिरमा जापानी मृग र हामि बसेको नजिकै जापानी स्यालहरु पनि भेट्न र देख्न सकिने संगै कहिलेकाहि भालुहरु लाई पनि भेटन सकिने एडभान्चर स्थल रहेछ ।











 

   
 












 


No comments: