Tuesday, October 13, 2015

熊倉山(कुमाकुरायामा-साईतामाकेन् चिचिवु)

सरद डायरि । सोमवार, असोज २५, २०७२
आज एकदिने हाईक, साईतामा प्रिफेक्चरको चिचिवु स्थित "कुमाकुरायामा" नामक १,४२६.५ मिटर उचाईको पहाड चढियो । उत्त पहाड चढदा करिवन सात घण्टा र ओर्लिदा साढे तिन घण्टा लगाएर सम्पन्न गर्यौ आजको हाईक ।
जापानी मित्र सिनो र युकिको, अमेरिकन मित्र रव् , बेलायति मित्र आण्डि र भारति मित्र च्याको र म नेपाली गरि जम्मा ६ जनाको ग्रुप थियौं आज । मेरो बासस्थानको बाटो (सेईवु ईकेबुकुरो लाईन) परेकोले बिहानको ७ बजे निक्लिएर बेलुका ९ बजे फर्किन भ्याए आज ।
जेहोस, अति नै रमाईलो हाईक् संगै बिना समस्या टारियो । केहि झलकहरु उत्त समयको...



 
































   

No comments: